दफा २९
कल्याणकारी कोषको स्थापना र सञ्चालन
(१) नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजका परिवारको कल्याण सम्बन्धी कार्यका लागि एक कल्याणकारी कोषको स्थापना गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन्ः–
(क) संयुक्त राष्ट्र संघको आव्हानमा विश्वको कुनै पनि भागमा शान्ति स्थापना गर्ने कार्यमा खटिएका नेपाली सेनाले सेवा गरे बापत प्राप्त हुने रकमबाट तोकिएबमोजिमको प्रतिशतले कट्टा गरेको रकम,
(ख) विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकममा प्राप्त ब्याजबाट कल्याणकारी कार्य सञ्चालन गरी बचत हुन आएको रकम,
(ग) तोकिएबमोजिमका कल्याणकारी कार्यमा लगानी गरी आर्जन गरेको रकम,
(घ) सम्वत् २०३२ साल आषाढ महिनादेखि यो ऐन प्रारम्भ हुंदाको बखतसम्मको मूलधनको रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थामा राखिएको रकम र सोबाट प्राप्त व्याज रकम,
(ङ) कल्याणकारी कार्यको लागि नेपाली जङ्गी अड्डाले तोकेको संस्थाको नाममा रहेको चल अचल सम्पत्ति र सोबाट बढे बढाएको रकम,
(च) कल्याणकारी कार्यको लागि नेपाली सेनाले हाल प्रयोग गरिरहेको चल अचल सम्पत्ति र सोबाट बढे बढाएको रकम ।
(३) उपदफा (१) बमोजिमको कल्याणकारी कोष सञ्चालन गर्न देहाय बमोजिमको सात सदस्यीय एक सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ः-
(क) प्रधान सेनापति – अध्यक्ष
(ख) संरक्षकबाट भूतपूर्व र बहालवाला सैनिक अधिकृतमध्येबाट मनोनीत दुईजना – सदस्य
(ग) प्रधान सेनापतिबाट बहालवाला र भूतपूर्व सैनिक अधिकृतमध्येबाट मनोनीत दुईजना – सदस्य
(घ) प्रतिनिधि अर्थ मन्त्रालय (रा.प.प्रथम श्रेणीको अधिकृत) – सदस्य
(ङ) प्रतिनिधि रक्षा मन्त्रालय (रा.प.प्रथम श्रेणीको अधिकृत) – सदस्य
(४) समितिको दैनिक कार्य सञ्चालनमा सहयोग पु¥याउनका लागि नेपाली जङ्गी अड्डामा एक कल्याणकारी योजना निर्देशनालय रहनेछ । यसको काम, कर्तव्य र अधिकार
समितिले तोके बमोजिम हुनेछ ।
(५) उपदफा (२) बमोजिम कल्याणकारी कोषमा जम्मा भएको रकम नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजहरुका परिवारको कल्याणको लागि तोकिएबमोजिम खर्च गरिनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “परिवार” भन्नाले नेपाली सेनाका भूतपूर्व तथा बहालवाला व्यक्तिले आफैंले पालन पोषण गर्नु पर्ने पति वा पत्नी, छोरा, छोरी र आमा बाबु र महिला कर्मचारीको हकमा निजका सासू, ससूरा समेतलाई जनाउँछ ।